काठमाडौं - दोश्रो हाफमा ७ मिनेटभित्र लगातार ३ गोल खाएपछि बार्सिलोना लेभान्टेसँग ३(१ गोलले पराजित भएको छ।
शनिबार स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा बार्सिलोनाले खेलको ३८ औं मिनेटमा लियोनेल मेसीले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
बार्साले बनाएको १-० को अग्रतालाई लेभान्टेले ६१, ६३ र ६८ औं मिनेटमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो। यी गोलहरू क्रमशः जोसे काम्पाना, बोर्खा मायोरल र नेमानिया राडोयाले गरेका थिए।
हारपछि पनि बार्सिलोना २२ अंकसहित लिगको शीर्ष स्थान रहेको छ।

.gif)



