संसद् बैठकमा अध्यादेशको प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय
काठमाडौं - सत्तासाझेदार दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदन (संसद् बैठक)मा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूको संयुक्त बैठकबाट अध्यादेशबारे आफ्ना सांसदहरूसँग सघन रूपमा छलफल गरेर सदनमा एकढिक्का भई प्रतिरक्षा गर्ने निर्णय गरिएको हो ।
कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधि चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको बैठकमा जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाइने र संसद्मा त्यहीअनुसार प्रस्तुत हुने उनले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस