काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार २०८ र एन्टिजेन विधिबाट ३ हजार ९७१ जनामा परिक्षण गर्दा  १ हजार ५११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८१ हजार ९८९ र एन्टिजेनबाट ८८ हजार १८७ जना पुगेको छ ।  

यस्तै, आज थप १६८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ जना पुगेको छ ।  आज संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २ पुगेको छ ।