काठमाडौं, झापा - झापाको कचनकबल गाउँपालिका १ घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा घरधनि अन्दाजी ६० वर्षीय गोबर्धन राजबंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार राजवंशीको घरमा आज बिहान १ः२० बजे आगलागी भएको हो । आगलागीबाट ३ वटा घर पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

आगलागीमा परी १ गाई, २ वटा बाछा र ३ वटा बाख्रा जलेर मरेका छन् । आगो प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाए ।