टोटेनहममाथि आर्सनलको पूनरागमन जित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा आर्सनलले जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटेनहममाथि २–१ को पूनरागमन जित निकालेको हो ।
खेलको ३३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता कायम हुन सकेन । ४४औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । ६४औं मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई २-१को पूनरागमन जित दिलाए । ७६ औं मिनेटमा लामेला दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएक थिए ।
जितसँगै आर्सनल २८ खेलबाट ४१ अंक जोडेर १०औं स्थानमा छ । पराजित टोटेनहम २८ खेलबाट २८ अंक जोडेर सातौ स्थानमा छ । टोटेनहम पाँचौ स्थानमा उक्लने मौकाबाट चुकेको छ ।
यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाईटेडले वेस्ट ह्याममाथि १-०को साँघुरो जित निकालेको छ । खेलको ५३ औं मिनेटमा वेस्ट ह्यामका क्राग डसनले आत्मघाती गोल गरेका थिए । जितसँगै दोस्रो स्थानमामा रहेको युनाईटेडले २९ खेलमा ५७ अंक जोडेको छ पराजित वेस्ट ह्याम ४८ अंक जोडेर पाँचौं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस