भदौमा पार्टीको महाधिवेशन हुन्छ : देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् ।
बुधबार एक वक्तव्य जारी देउवाले भनेका छन, ‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- भदौमा महाधिवेशन हुन्छ ।’
उनले पार्टी महाधिवेशनलाई लिएर बिबादित कुरा नगर्न पनि नेताहरूलाई आग्रह गरेका छन्। कांग्रेसमा आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताएका छन् ।
विज्ञप्ति:-

.gif)



फेसबुक पेज Like गर्नुहोस