ओलीको दुईवर्षे कार्यकाल देशका लागि दुर्भाग्यपूर्ण : डा. भट्टराई
काठमाडौं - समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्षे कार्यकाल देशका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन घोषणा कार्यक्रममा डा। भट्टराईले उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको बताए ।
दुई तिहाइको बहुमत प्राप्त सरकारले सामाजिक , राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्नेगरी काम गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको लगायतका क्षेत्रमा सरकारले गर्न सक्ने काम समेत नगरेको उल्लेख गर्दै भट्टराईले गर्न नुहने कामहरु भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झै—झगडाका कामहरु गरेको आरोप लगाए । उनले अहिलेको सरकारको भविष्य समेत सकिएको टिप्पणी गरे ।
सत्तारुढ दलभित्र भागवण्डाको लडाई सुरु भएको उल्लेख गर्दै भट्टराईले अर्को निर्वाचनमा देश नयाँ ध्रुविकरणसम्म जाने भएकाले त्यसको तयारीमा लाग्न जिल्ला कमिटिहरुलाई निर्देशन समेत दिए ।
समाजवादी पार्टीलाई देशको विकल्पका रुपमा अगाडी बढाउन नसकेपनि परिवर्तनको प्रकृया नरोकिने र अर्को कुनै शक्ति आएर यसलाई अगाडी बढाउने उनले बताए ।
शुक्रबार तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस