अछाम – जिल्लामा जंगली च्याउ र निहुुरो खाँदा १ जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जंगली विषालु च्याउ खाँदा स्थानीय ६ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो ।आइतवार बेलुका जंगली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्यसमेत रहेका उनका आफन्त शेरबहादुर बोहराले जानकारी दिए ।

जंगली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए ।