कोरोना संक्रमण: दैनिक संक्रमितभन्दा निको हुने बढी
खबर एक्सप्रेस
२०७८-०८-१० ०४:२१ मा प्रकाशित
Total Shares: 734
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप जनामा कोरोना भाइरसको २७० संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७८२९ र एन्टिजेन विधिबाट २६१७ जनामा परिक्षण गर्दा २७० जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ३०२ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५१८ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस