जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदै
खबर एक्सप्रेस
२०७७-०३-१४ ०९:३८ मा प्रकाशित
Total Shares: 282
काठमाडौं - तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् ।
भण्डारीको जन्मजयन्ती भएका कारण आजको नेकपा स्थायी कमिटि बैठक स्थगित गरिएको छ । भण्डारी कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका थिए ।
तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दुर्घटनामा परी निधन भएको थियो । उनको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस