काठमाडौं,एजेन्सी-फ्रान्सको राजधानी पेरिसमा शुक्रबार एउटा कुर्द सांस्कृतिक केन्द्रमा गोली प्रहार भएको छ । 

क्रिसमस पर्व आउन केही घण्टा अगाडि भएको घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

यसबारे जानकारी दिँदै अधिकारीहरूले गोलीबारीमा घाइते भएका ६९ वर्षीय संदिग्धलाई पक्राउ गरिएको बताए । 

ती व्यक्तिले कुर्दिश सांस्कृतिक केन्द्रलाई किन निशाना बनाएको भन्ने अहिलेसम्म थाहा हुन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ । प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।