काठमाडौं - एसीसी इस्टर्न रिजन पुरुष टी(ट्वान्टी कप क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले आज ९बुधबार० आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ ।

बैंककमा हुने नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ८स्१५ बजे सुरु हुनेछ ।

टेर्डथाई क्रिकेट मैदानमा मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । तर, प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्डलाई भन्दा नेपाललाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।

पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन् । त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्ध जित निकाल्नुको विकल्प छैन ।