बागमती प्रदेशसभाको सभामुखमा पाठक निर्वाचित
खबर एक्सप्रेस
२०७९-०९-२९ ०३:०२ मा प्रकाशित
Total Shares: 276
हेटौँडा-बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन्। प्रदेशसभामा आज शुक्रबार भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित भएका हुन्।
उनले ६२ मत प्राप्त गरेको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गरेका थिए भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैजुले तीन मत प्राप्त गरेकी थिइन्।
बैठकमा कूल एक सय १० सदस्यमध्ये एक सय नौ सदस्य उपस्थित रहनुभएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस