विद्यार्थीहरूलाई प्रधानमन्त्री ओलीले भने : बेरोजगार भयौं भनेरमात्रै हुँदैन, आफैं रोजगारी सिर्जना गर्न लाग्नुस्
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई आफैं रोजगारी सिर्जना गर्न तिर लाग्न आग्रह गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीहरूका अभिभावकको लगानी, सपना, अपेक्षा सबै पूरा भएको उनको भनाई छ। उनले विद्यार्थीहरूले आफू केमा अगाडि बढ्न सक्छु भन्ने लागेको छ त्यसै अनुसार अगाडि बढ्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘हामी बेरोजगार भयौं भनेरमात्र हुँदैन। आफैं रोजगारी सिर्जना गर्न लाग्नुस। विश्वविद्यालयले तपाईँलाई ज्ञान हासिल गर्न सहयोग गरिसक्यो। अब तपाईँहरूले आफूले सिकेको ज्ञानलाई व्यवहारिकरूपमा उतार्न कोसिस गर्नुस्। सरकार तपाईँहरूको साथमा छ। तपाईँहरूको प्रयासमा हामी साथ दिनेछौं।’
उनले हरेक अभिावकहरूले चाहना आफ्ना सन्तानहरूको सफलता रहेको बताउँदै त्यस सफलता हासिल गर्ने सबै विद्यार्थीहरूलाई पनि बधाइ दिए। शुक्रबार भएको तेस्रो दीक्षान्त समारोहमा तीन व्याजका ३ हजार ८ सय ४१ जना विद्यार्थीहरू दीक्षित भए।

.gif)



फेसबुक पेज Like गर्नुहोस