काठमाडौं,एजेन्सी - काठमाडौं भारतीय अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोडभन्दा बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बर अर्थात् आज राति दुबईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना हुने एक पार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति धेरै रकम लिएको जनाइएको छ ।

अभिनेत्री उवर्शीले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै कार्यक्रमका बारेमा जानकारी दिएकी छन् । पार्टीमा उनले फ्यानका साथ साक्षात्कार गर्ने जनाइएको ।

उवर्शी एक प्रोजेक्टमा इजिप्टका अभिनेता मोहम्मद रमदानका साथ समेत देखिँदैछिन् । केही दिनअघि उनले रमदानको साथ तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी थिइन् ।

उनले सञ्जालमा लेखेकी थिइन्, ‘अब एक इन्टरनेसनल प्रोजेटमा इजिप्टका अभिनेता मोहम्मद रमदानको साथमा सुटिङ गर्दैछु ।’ यो कामका लागि आफूलाई अवसर प्रदान गर्नेप्रति समेत उनले उक्त पोस्टमा आभार व्यक्त गरेकी छन् । इजिप्टमा अभिनेता रमदानले बलिउड कलाकारमा आफूले शाहरुख र उवर्शीलाई मात्र चिनेको बताए । उनले उवर्शीको प्रशंसा गर्दै भने, ‘उवर्शी बलिउडकी युवा सुपरस्टार हुन् ।’