काठमाडौं,एजेन्सी  - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले टोटेनहमलाई ३-० ले स्तब्ध बनाएको हो ।

खेलको २३औं मिनेटमा रोड्रीले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५० औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६६ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-०को सहज जित दिलाए ।

जितसँगै लिग लिडर सिटीले २३ खेलबाट ५३ अंक जोडेको छ । दोस्रो स्थानको लेस्टर सिटीको ४६ अंक छ । पराजित टोटेनहम भने ३६ अंक जोडेर नवौं स्थानमा छ ।