संवैधानिक इजलासबाट न्यायाधीशद्वय भट्टराई र कार्की नहट्ने
खबर एक्सप्रेस
२०७८-०२-२६ १२:०७ मा प्रकाशित
Total Shares: 271
काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासबाट न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका छन् ।
आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् ।
सरकारी पक्षले प्रश्न उठाएका कार्की र भट्टराईको राय नआएपछि राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् ।अहिले बहस जारी छ ।
फेसबुक पेज Like गर्नुहोस