काठमाडौं - ताप्लेजुङबाट निर्वाचित सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई ५ लाख सहयोग दिने भएका छन् । पूर्वमन्त्री समेत रहेका भट्टराईले राहतस्वरुप व्यक्तिगतरुपमा उक्त रकम दिने भएका हुन् ।

मंगलबार बिहान दोभान बजारमा भीषण आगलागी हुँदा ४७ घर जलेर नष्ट भएका छन् । पीडितको उद्धारका निम्ति भट्टराईकै संयोजकत्वमा राहत संकलन समिति बनाइएको छ । काठमाडौँमा बस्नेहरु रहेको राहत संकलन समिति गठन गरिएको हो ।

सांसद् भट्टराई सहितको टोली बुधबार गृहमन्त्रालय पुगेर पुनर्स्थापनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन् ।