माओवादी बैठक: राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आधार बनाउनुपर्नेमा जोड
खबर एक्सप्रेस
२०७९-१०-१२ ०५:२९ मा प्रकाशित
Total Shares: 155
काठमाडौं-नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि पनि बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । साथै, राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्नेमा पार्टीको जोड रहेको महराले बताए ।
बैठकले केही समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस