नेसन्स लिगमा जर्मनीको पहिलो जित
खबर एक्सप्रेस
२०७७-०६-२५ ०८:४३ मा प्रकाशित
Total Shares: 307
काठमाडौं, एजेन्सी - नेसन्स लिग फुटबलमा जर्मनीले युक्रेनलाई हराएको छ । गएराति भएको खेलमा जर्मनीले युक्रेनलाई २–१ ले हराएको हो ।
समूह चरणको सुरुवाती दुई खेलमा बराबरी खेल्दै अंक बाँडेको जर्मनीले लिगमा पहिलो जित दर्ता गरेको हो ।
खेलमा २० औं मिनेटमा मथायस गिन्टरको गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । लियोन गोरेत्र्जकाले ४९ औं मिनेटमा जर्मनीका अग्रता दोब्बर बनाए ।
घरेलु टोली युक्रेनका रुस्लान मालिनोवस्कीले एक गोल फर्काए । करिब ७० हजार दर्शक क्षमताको रगशालामा ३० प्रतिशत दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस