सुन चाँदीको मूल्य स्थिर
खबर एक्सप्रेस
२०७८-०१-१३ ०१:०८ मा प्रकाशित
Total Shares: 240
काठमाडौं - साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य पनि आइतबारकै मूल्यमा प्रति तोला ९० हजार ८ सय रुपैयाँ कायम भएको महासंघको भनाई छ। चाँदीमा पनि आइतबारकै मूल्य १ हजार ३ सय १० रुपैयाँ नै कायम भएको छ।
फेसबुक पेज Like गर्नुहोस