काठमाडौं - नेपाल क्रिकेट संघको यसै महिनाको अन्त्यमा हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना नआइन्जेलसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । संघा अनुसार केही पदाधिकारी एवम् केन्द्रीय कार्यसमितिका सदस्यहरुमा कोरोना संक्रमण देखिएर आइसोलेसनमै रहेको हुँदा उक्त निर्णय लिइएको हो ।