काठमाडाैं - पछिल्लाे २४ घन्टामा देशभर ५ सय ९४ जनामा काेराेना संक्रमण पाइएकाे छ।

देशभरका ३८ वटा प्रयाेगशालामा गरिएकाे परीक्षणमा शुक्रबार २ सय ४० जना डिस्चार्ज भएका छन्। देशभर शक्रबार ११ हजार ५ सय ७५ जनाकाे पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा यसबारे बताएका हुन्। 

यसैगरी काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा १ सय १९ जनामा काेराेना पुष्टि भएकाे छ।