नेपालले विश्वकप र एसियन कप छनोटका बाँकी खेल कुबेतमा खेल्ने
खबर एक्सप्रेस
२०७७-११-२८ ०२:४२ मा प्रकाशित
Total Shares: 284
काठमाडौं - सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा हुने भएको छ । नेपाल रहेकाे समूह 'बी'का खेलहरु कुवेतमा हुने एसियन फुटबल कन्फडेरेसन (एएफसी)ले जनाएको हो ।
कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको एएफसीकाे भनाइ छ ।
छनोटका बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस