थ्री नेसन्स कपको उपाधिका लागि नेपालले र बंगलादेश भिड्दै
काठमाडौं - थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालले र बंगलादेश भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली टोली मैदानमा उत्रनेछ । दुवै टोली उपाधि जित्ने लक्ष्यमा छन् । लिग चरणको अन्तिम खेलमा शनिबार साँझ बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो।
राउन्ड रोविन लिगमा नेपालले एक गोल पनि नगरी लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले पनि एक गोल पनि नगरी फाइनलमा स्थान बनाएको थियो । किर्गिस्तानको ओलम्पिक टोलीविरुद्धको १–० को जितमा आत्मघाती उपहार पाएको थियो । लिगको तीन खेलमा त्यही आत्मघाती एक गोल नै एक्लो गोल हो ।
‘हेड टु हेड’ मा भने बंगलादेशभन्दा नेपाल धेरै पछि छ । यसअघि नेपाल र बंगलादेशबीच २२ खेल भएका छन् । जसमा बंगलादेशले १२ खेल जितेको थियो । नेपाल ६ खेलमा विजयी भएको छ भने ४ खेल बराबरीमा टुंगिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस