दलहरुले दुई तिहाइ पुर्याएर मलाई हटाउ : प्रधानन्यायाधीश जबरा
काठमाडौं - संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन भनेका छन् ।
सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी सर्वोच्चमै छाडेर निवास फर्किएका उनले निकटस्थसँग कुरा गर्दै भने, ‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन् ।’
संसदबाट महाअभियोग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्यो सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाअभियोग पारित हुँदैन ।
एमालेको आइतबारको सचिवालय बैठकले महाअभियोग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेको थियो । एमाले संसदीय दलको बैठक आज बस्दैछ ।
फेसबुक पेज Like गर्नुहोस