अन्ततः वैवाहिक सम्बन्धमा बाँधिदै कट्रिना र विक्की
खबर एक्सप्रेस
२०७८-०७-१० ०४:३९ मा प्रकाशित
Total Shares: 229
काठमाडौं - बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले छिट्टै विवाह गर्ने भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कट्रिना र विक्कीले आफ्नो विवाहको तयारी सुरु गरिसकेका छन।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार कट्रिना र विक्कीको घरमा छिट्टै विवाहको बाजा बज्ने भएको हो। कट्रिना र विक्कीको विवाहको पहिरन चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेको पनि टाइम्स अफ इन्डियाले जनाएको छ। उनीहरु हाल पहिरनका लागि कपडा छानिरहेका छन्।
कट्रिना र विक्कीको विवाह नोभेम्बर या डिसेम्बरमा हुने भएको छ। विक्की र कट्रिना धेरैजसो सँगै देखिन्छन्। हालै यी दुईलाई विक्की कौशलको फिल्म सरदार उधमको स्क्रिनिङमा देखिएको थियो।
फेसबुक पेज Like गर्नुहोस