कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी, सम्भव भए पार्टी एकता गर्नुपर्छ : माधव नेपाल
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 37
काठमाडौं-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको भन्दै उनले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न मोर्चा बनाएर जानुपर्ने बताए ।
उनले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए ।
फेसबुक पेज Like गर्नुहोस