बालुवाटारमा प्रचण्ड, देउवा र ओलीको बैठक
खबर एक्सप्रेस
२०८०-०४-२४ १२:०४ मा प्रकाशित
Total Shares: 121
काठमाडौं - बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बैठक बसेको छ ।
बुधबार (आज) बसेको उक्त बैठकमा संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो । उनीहरूबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमालेले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । यो विषयमा सत्तापक्ष सहमत छैन । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा सदनको अवरोध लम्बिँदो छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस