बन्दकर्ताद्वारा त्रिपुरेश्वरमा टायर बालेर प्रदर्शन
काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको आह्वान गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले आज विहान काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।
बन्दकर्ताले सुन्धाराबाट त्रिपुरेश्वरतर्फ जाने बाटोमा टायर बालेर बाटो बन्द गराएका थिए । त्यसको केही समयमै प्रहरी पुग्दा त्यहाँबाट बन्दकर्ता भागिसकेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाएर बाटो खुलाएको थियो ।
यसैबीच बन्द गराउँदै हिँडेका पाँचजना नेकपा कार्यकर्तालाई प्रहरीले उपत्यकाका दुई स्थानबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार महाराजगन्जबाट ३ जना र साँखुबाट २ जना बन्दकर्ता पक्राउ परेका हुन् ।
नेकपाले आह्वान गरेको नेपालबन्दको राजधानी लगायत देशका मुख्य शहरक्षेत्रमा न्यून असर परेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस