गठबन्धन केही हुनेवाला छैन, पुरै अवधि जान्छ : प्रधानमन्त्री दाहाल
खबर एक्सप्रेस
२०८०-०८-२५ ०२:२९ मा प्रकाशित
Total Shares: 86
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन पुरै अवधि जाने बताएका छन् ।
सोमबार प्रेस सेन्टर नेपालले परिसडाँडामा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै गठबन्धन केही नहुने बताएका हुन् ।
उनले भने, ‘म प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै गठबन्धन सरकारबारे विभिन्न टिकाटिप्णी भएको मैले नजिकबाट हेर्दै आएको छु । म प्रधानमन्त्री भएको पनि एकवर्ष पुग्न लाग्यो । सत्ता गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गर्छौं । केही हुनेवाला छैन । यो गठबन्धन पुरै अवधि जान्छ ।’
फेसबुक पेज Like गर्नुहोस