काठमाडौं -  सरकारले सुरु गरेको विदेशमा अलपत्र नेपालीको उद्दार अभियान अन्तर्गत आज कुबेतबाट ३ सय नेपाली महिला बोकेर दुई जहाज काठमाडौंका लागि उडेको छ ।

कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार बिहान जजिरा एयरलाइन्सका दुई जहाज नेपाली महिला कामदारलाई लिएर उडेको हो ।

उनीहरु अहिले बिहान ११ः३० र दिउँसो १ः३० बजे काठमाडौं आईपुग्ने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। सेनाले विमानस्थलबाटै प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ। उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्ने छ।