काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका छन् । सोमबार काठमाडौँ उपत्यकाका खोप केन्द्रहरुको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

देउवाले सोमबार अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका थिए । सर्वसाधरणहरुले खोप लगाउन सास्ती व्यहोर्नुपरेको गुनासो गरेपछि प्रधानमन्त्री देउवाले खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा सरकारको पहिलो, दोस्रो तथा तेस्रो प्रथामिकता खोप नै भएको बताएका छन् ।