नेप्सेमा दोहोरो अंकको गिरावट
खबर एक्सप्रेस
२०७८-०४-२१ ०२:४६ मा प्रकाशित
Total Shares: 286
काठमाडौं - आज (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयरमा १६ अंकले बजार घट्दा परिसूचक ३ हजार १०७.४५ विन्दुमा झरेको हो ।
आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार यस दिन बैंकिङ्ग समूह बाहेकका अन्य सबै समूहहरु ऋणात्मक भएका छन् ।
आज कारोबार १४ अर्ब माथि रहेको छ । नेप्सेका अनुसार आज कुल २२६ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख ३५ हजार बढी पटक किनबेच हुँदा अधिकतम १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको छ ।
फेसबुक पेज Like गर्नुहोस