पूर्वसभामुख महराले बलात्कार मुद्दामा सफाइ पाए
खबर एक्सप्रेस
२०७८-०४-१२ ०३:२१ मा प्रकाशित
Total Shares: 243
काठमाडौं - पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जबर्जस्ती करणीको मुद्दामा महराले उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।
न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको हो ।
फेसबुक पेज Like गर्नुहोस