रास्वपालाई उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री
खबर एक्सप्रेस
२०७९-१०-०२ ०६:४५ मा प्रकाशित
Total Shares: 223
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
रास्वपा स्रोतका अनुसार सो पार्टीले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो । यद्यपी, यसलाई गठबन्धनले औपचारिक निर्णय गरेको छैन ।
रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा गइसकेका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ । बैठकले मन्त्रालयको भागवण्डा टुंग्याउने तयारी गर्दैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस