काठमाडौं - राष्ट्रियसभाको आजका लागि डाकिएको बैठक स्थगित भएको छ। 

विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार)का लागि सारिएको हो।

‘राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,’ सचिवालयको सूचनामा भनिएको छ।