काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।

चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए ।

सर्वोच्च अदालतले विहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो ।