काठमाडौं,एजेन्सी - मराठी फिल्मकी चर्चित निर्देशक सुमित्रा भावको निधन भएको छ । ७८ वर्षकी सुमित्राको पुर्णेमा निधन भएको हो । लामो समयदेखि बिरामी भावको पुर्णेको एक प्राइभेट अस्पतालमा उपचार भैरहेको थियो । मराठी अभिनेता मोहन अगाशेले सुमित्राको निधनको समाचार बाहिर ल्याएका हुन् ।

अगाशेका अनुसार सुमित्राको निधन सोमबार बिहान ६ : ४५ मा पुणेको एक अस्पतालमा भएको हो । सुमित्रालाई इन्फेक्सनलगायत थुप्रै समस्या रहेको थियो । जसका कारण उनी दुई साता अगाडिदेखि अस्पतालमा भर्ना गरिएको थियो ।

सुमित्रा एक राम्रो निर्देशकको अलवा लेखक र गीतकार पनि थिइन् । उनले करिव ५० शर्ट फिल्म तथा केही मराठी सिरियल्स निर्देशन गरेकी छन् । उनले ‘कासव’, ‘अस्तु’, ‘वेलकम होम’, ‘वास्तुपुरुष’। ‘दहाबी’ जस्ता कयौ फिल्म समेत बनाएकी छन् । फिल्म ‘कासव’ बाट नेशनल अवार्ड समेत हात पारेकी थिइन् । १९८० को दशकका फिल्म निर्देशक सुनील सुकथनकरसँग मिलेर उनले १७ फिल्म निर्देशन गरेका छन् ।