नेपालको ओडिआई वरियता सुधार
खबर एक्सप्रेस
२०७९-१२-०१ १०:५२ मा प्रकाशित
Total Shares: 143
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ।
पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस