काम गर्ने अवसर पाइएन भनेर हामीले गनगन गर्न मिल्दैन : महामन्त्री थापा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काम गर्ने अवसर पाइएन भनेर कांग्रेसले गनगन गर्न नमिल्ने बताएका छन् ।
मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने उनले बताए । अब कांग्रेस र एमालेले काम गर्ने समय पाइएन भन्न नमिल्ने महामन्त्री थापाको भनाइ छ।
महामन्त्री थापाले भने,‘कांग्रेस र एमालेले २०८४ को निर्वाचनको चर्चा गर्नै मिल्दैन । त्यहाँसम्म पुग्नका लागि अझै तीन वर्ष छ र काम गर्नका लागि यो अवधि पर्याप्त छ । यो अवधिमा काम गर्न सकेनौँ भने अरु कुराको गनगन गर्न पाइँदैन ।’
संघ, प्रदेश र तीन सय ३० पालिकामा कांग्रेस सरकारमा रहेको भन्दै उनले ती सरकारलाई प्रभावकारी बनाउनतिर कांग्रेसको ध्यान जानुपर्ने बताए ।
यस्तो अवस्थामा पनि केही गर्न नसके आफूहरू हुनुको कुनै अर्थ नहुने उनले बताए। जनताले कांग्रेसलाई धेरै दिएको भन्दै महामन्त्री थापाले जनताले दिने कुरामा अब पनि चुक्न नहुने बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस