लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण सुरु भएको छ : प्रधानमन्त्री दाहाल
खबर एक्सप्रेस
२०८०-०३-१३ १२:४७ मा प्रकाशित
Total Shares: 130
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयको विनियोजन बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको छ। लोकतन्त्रमा उब्जिएको समस्याको समाधान लोकतन्त्रबाटै हुन्छ’, उनले भने, ‘उच्च पदस्थहरु कानुनमाथि छन् भन्ने गलत भएको छ। लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सुरु भएको छ।’
उनले मंगलबारबाट ललितानिवास जग्गा प्रकरणका दोषीहरुलाई पनि प्रकाउ गर्न थालिएको भन्दै यतिमै यो नरोकिने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस