म्यानचेस्टर युनाइटेडको सानदार जित
काठमाडौं - गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई ३-१ गोलले पराजित गर्न सफल भएको छ ।
युनाइटेडलाई जित दिलाउन स्कोट टोमीने, मार्कोस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरेका थिए । नर्विचका लागि एकमात्र गोल ओनेल हर्नान्डेजले गरे । म्यानुले दुईवटा पेनाल्टी मिस गरेको थियो ।
म्यानुका लाखिेलको २१ औं मिनेटमा स्कोटले गोल गरे । यो गोल विशेष हुन पुग्यो । स्कोटको गोलसँगै युनाइटेडले प्रिमियर लिगमा विपक्षी टिमविरुद्ध २ हजार गोल पुरा गर्दै इतिहास रच्न सफल भएको छ ।
युनाइटेडले खेलको ३० औं मिनेटमा राष्फोर्डले गोल गरे । खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गरे । खेलको ८८ औं मिनेटमा नर्विचका हर्नान्डेजले गोल गरे । युनाइटेडले १० खेलमा १३ अंक सँगालेको छ । नर्विच ७ अंकका साथ १९ औँ स्थानमा रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस