काठमाडौं, एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो ।

युनाईटेड समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाईटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए ।

मिलानको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा पोग्बाले गोल गरेका हुन् । 

यस्तै, स्पेनिस क्लब ग्रानडा, भिल्ला रियलले अन्तिम आठमा स्थान बनाउँदा आयाक्स पनि अन्तिम आठमा प्रवेश गरिसकेका छ।