काठमाडौं - हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारी सहित गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

नवलपुरमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा मुस्ताङ बाहेकका १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।