ललिता निवास जग्गा प्रकरण : तीन दर्जनलाई कारबाही गर्नुपर्ने
खबर एक्सप्रेस
२०७६-०६-०७ ११:०० मा प्रकाशित
Total Shares: 557
काठमाडौं - प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसुरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ महिना लामो छानबिनपछि अन्तिम रुप दिन लागेको प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणा र उनका दुई भतिजा हाटकशमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारवाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औंल्याएको हो । प्रहरी मुख्यालय स्रोतका अनुसार अहिलेसम्म ३७ आरेपीसँग बयान लिएको छ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस