थप ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०७-१७ ०४:१७ मा प्रकाशित
Total Shares: 221
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ४४७ जना कोभिड संक्रमित थपिएका छन् ।
९ हजार ९१३ ओटा नमुनाको परीक्षण गर्दा ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।
त्यस्तै आज ४३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार १२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस