तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव फेला
खबर एक्सप्रेस
२०७७-०४-२० ०३:२९ मा प्रकाशित
Total Shares: 337
काठमाडौं - काठमाडौंको तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटिएको छ ।
महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका अनुसार मंगलबार दिउँसो भिएस निकेतन स्कुल अगाडिको खोलामा एक पुरूषको शव भेटिएको हो । शव भेटिएको खबर पाएपछि निरीक्षकको नेतृत्व प्रहरीको एउटा टोली त्यसतर्फ गएको र शवलाई निकालीएको बताइएको छ ।
मृतक अन्दाजी २५ देखि ३० वर्षका पुरूष रहेको र पहिचान भने भइसकेको भने छैन । खोलाबाट शव निकालेर छानबिन कार्य सुरु भएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस