काठमाडौं उपत्यकामा थप एक हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकाको तीन जिल्लामा सोमबार थप एक हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ३६ , ललितपुर जिल्लामा दुई सय एकजना र भक्तपुर जिल्लामा ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लामा हालसम्म ७३ हजार दुई सय तीनजना संक्रमित भइसकेका छन् । त्यसमध्ये ५६ हजार नौ सय ४६ जना निको भएका छन् । हाल १५ हजार नौ सय ८२ जना सक्रिय संक्रमित छन् ।
त्यसैगरी ललितपुर जिल्लामा हालसम्म १० हजार तीन सय ५४ जना संक्रमित भएकोमा आठ हजार २७ जना निको भइसकेका छन् । हाल २२ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
भक्तपुर जिल्लामा ६ हजार पाँच सय ९८ जना संक्रमित भएकोमा पाँच हजार तीन सय ८३ जना निको भएका छन् । सक्रिय संक्रमित भने ११ सय ४३ जना छन् । देशभर सोमबार २५ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस