काठमाडौं - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज साविक उपविजेता चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद आमन्नेसामन्ने हुँदैछन् ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

हैदराबाद चेन्नईमाथि लगातार दोस्रो जित निकाल्दै अंकतालिकामा सुधार गर्न चाहन्छ भने चेन्नई बदलाको दाउमा हुने छ । यसै सिजनको पहिलो भेटमा हैदराबादले चेन्नईलाई ७ रनले हराएको थियो ।

लिगमा ७ खेल खेलेको डेबिड वार्नरको हैदरावाद तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ । हैदरावाद तालिकाको पाँचौं स्थानमा छ । यस्तै, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई समान खेल खेल्दै ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।